६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीविरूद्व अविश्वासको प्रस्ताव ल्याउन एमालेलाई बामदेवको सुझाव

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन प्रकरणको छानबिनका लागि एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति गठन गरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले उच्चस्तरीय छानविन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

गौतमले एमालेले प्रधानमन्त्रीलाई नै हटाउन खोजेको आशंका व्यक्त गर्दै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिए ।

गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे ।

उनले सरकारले नै छानविनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने बताए ।