६ कार्तिक २०८३, शुक्रबार

बालुवाटारमा तीन दलको बैठक जारी, हट्ला संसदको गतिरोध ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । बालुवाटारमा तीन दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा प्रधानमन्त्रीसमेत रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

तीन दलको शीर्ष नेताबीच संसदको अवरोध हटाउने विषयमा छलफल भइरहेको हो । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्दै आएको छ ।

हिजो पनि गृहमन्त्रीको जवाफ सुनेपछि संसद अवरोध गरेको एमालेले आज पनि सरकारले अडान नछाडे अवरोध जारी नै राख्ने तयारी गरेको छ ।