
काठमाडौं, २४ साउन । सरकारले २० जना उपसचिवको सरूवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा सरूवा गरेको हो ।
यसैबीच, झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई भने अतिरिक्त समूहमा राखिएको छ ।
डमरूले नगरपालिकाकै क्वार्टरमा केही दिनअघि एक महिलासँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो । उनको ठाउँमा काठमाडौंको तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।















प्रतिक्रिया