६ कार्तिक २०८३, शुक्रबार

सिद्धिबासीका भूकम्पपीडितलाई खाद्यान्न सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

6

– शिशिर सिंखडा

चितवन, १७ जेठ । गत वैशाख १२ गते र त्यसपछिका पराकम्पनहरुबाट पीडित चितवनको पहाडी गाविस सिद्धिका १ सय २४ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

जेन्टल हर्ट फाउण्डेसन काठमाडौको सहयोगमा सिद्धि वडा नं. १ खोलागाउँ, वडा नं. ६ मझवाङ्ग र लालीवाङ्गका भूकम्प पीडित परिवारलाई चामल १५ किलो, दाल, तेल, नुन, साबुन सहयोग गरिएको थियो ।

फाउण्डेसनका अध्यक्ष अर्जुन ढकाल, सदस्य शोभा ढकाल तामाङ्ग, कोअर्डिनेटर ईश्वर श्रेष्ठले आइतबारसिद्धिमा पुगी भूकम्प पीडितलाई सो सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी सोही संस्थाले नवलपरासीको पिठौली ६ को मुसहर बस्तीका ६५ घरपरिवारलाई खाद्यान्न र लामखुट्टेको झुल सहयोग गरेको फाउण्डेसनका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

रक्तदान

यस्तै, भूकम्प पिडित बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानी खोलेसिमलको आयोजनामा रक्तदान गरिएको छ । रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गर्नुभएको संस्थाका सभापति गणेश शर्मा पौडेलले जानकारी दिनुभयो ।