६ कार्तिक २०८३, शुक्रबार

एमालेको केन्द्रीय कार्यालयमा पस्यो मनोहरा खोलाको बाढी (भिडिओसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा मनोहरा खोलाको बाढी पसेको छ ।

बाढीका कारण मध्यान्नसम्म सो क्षेत्रको यातायात आवागमनसमेत प्रभावित भएको थियो । बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा केही क्षति पुगेको एमालेले जनाएको छ ।

खोलाले लेदो समेत बगाउँदा सडक हिलाम्मे भएका छन् । त्यस्तै थापाथली स्थित राज पेपर कन्र्सनमा बाढी पस्दा लाखौँको क्षति भएको छ ।

बाढीका कारण मसलन्द तथा शैक्षिक सामाग्रीका साथै सामाग्री तयार पार्न राखिएको कागजसमेत क्षति भएको छ ।