६ कार्तिक २०८३, शुक्रबार

तेस्रो चरणको राहतमा बागलुङका द्वन्द्वपीडितले १ लाख पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisa– रबिना बोहरा

बागलुङ, १७ जेठ । सशस्त्र द्वन्दको समयमा १ सय ३४ जना मृतक र २३ जना वेपत्ता भएका व्यक्तिहरुको परिवारका लागि बागलुङमा तेस्रो चरणको राहत रकम आएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले दिएको जानकारी अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालय मार्फत मृतक र वेपत्ता बनेका व्यत्तिको परिवारको सदस्यको लागि एक लाख रुपैयाँका दरले राहत रकम आएको हो ।

जिल्ला प्रशासन कार्यलय बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्रशासनको तथ्याङक अनुसार जिल्लाका १ सय ३४ मृतक र २३ जना वेपत्ताका परिवारको लागि हाल ९५ लाख रुपैया आएको भएपनि राहत रकम बाँड्दै जादा थप रकम आउँदै जाने बताउनुभयो । उहाँले मन्त्रालयको पत्रमा यो राहत रकम बाँडेको भरपाई पठाएपछि थप एक लाख रुपैयाँका दरले राहत रकम आउने पनि बताउनु भएको छ ।

राहत रकम लिनको लागि मृतक वा वेपत्ताको हकदारले नागारिकताको प्रमाणपत्र र निवेदन लिएर प्रशासनमा आउनुपर्ने बताउनुभयो । मन्त्रालयको निर्देशन अनुरुप प्रशासनद्धारा आर्थिक वर्ष २०६५/०६६ मा प्रथम पटक १ लाख र २०६८ सालमा दोस्रो पटक १ लाख राहत रकम बाँडेको प्रशासनले जनाएको छ ।