६ कार्तिक २०८३, शुक्रबार

राहत संकलनमा जुटे मध्यपश्चिमका बचत तथा ऋण सहकारी संस्था

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samarbeid-hender

– सुदीप अधिकारी
बर्दिया, १७ जेठ । मध्यपश्चिम क्षेत्रमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु यतीखेर भूकम्पपीडितहरुका लागि राहत संकलनमा जुटेका छन् ।

बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)को आह्वानमा गाउँगाउँका बचत तथा ऋण सहकारी संस्थाहरुले भूकम्पपीडितका लागि राहतस्वरुप रकम कन्द्रिय संघमा जम्मा गरिरहेका छन् ।

नेफस्कून फिल्ड कार्यालय नेपालगंजका अनुसार हालसम्म मध्यपश्चिम क्षेत्रका २० वटा बचत तथा ऋण सहकारी संस्थाहरुले भूकम्पपीडितका लागि राहत रकम पठाइसकेका छन् ।

नेफस्कूनले भूकम्पपीडितका लागि ‘नेफस्कून भूकम्पपीडित उद्धार राहत कोष’ खडा गरेको छ । उक्त कोषमा अहिले सम्म मध्यपश्चिमका २० वटा बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख १३ हजार ३ सय ८ रुपैँया जम्मा भइसकेको नेफस्कून फिल्ड कार्यालय नेपालगंजका कर्मचारी कोमल अधिकारीले जानकारी दिए ।

भूकम्पपीडितका लागि नेफस्कूनमा आवद्ध बर्दियाका ३ वटा सहकारी संस्थाबाट १८ हजार ५ सय २१ रुपैँया, सुर्खेतका ४ वटा सहकारी संस्थाबाट ६९ हजार ३ सय २४ रुपैँया, दाङ्गका १० वटा सहकारी संस्थाबाट ६५ हजार ४ सय २८ रुपैँया राहतस्वरुप कोषमा जम्मा भएको फिल्ड कार्यालय नेपालगंजले जनायो । यसैगरी सल्यानका २ वटा सहकारी संस्थाबाट ५० हजार रुपैँया र बाँकेको एउटा सहकारी संस्थाबाट १० हजार ५५ रुपैँया राहत कोषमा जम्मा गरेका छन् ।

सहकारी संस्थाहरुले गत साउनमा बाढीपीडितहरुका लागि समेत राहत संकलन गरेका थिए । मध्यपश्चिममा १ सय ५० बचत तथा ऋण सहकारी संस्था नेफस्कूनमा आवद्ध छन् । जिल्ला जिल्लाका सहकारी संस्थाहरुले राहत रकम जम्मा गर्ने क्रम जारी रहको फिल्ड कार्यालय नेपालगंजले जनाएको छ । स्वेच्छिक रुपमा केन्द्रिय संघ मार्फत भूकम्पपीडितका लागि राहतस्वरुप रकम पठाइएको सहकारी संस्थाहरुले जनाएका छन् ।

भूकम्पपीडितका लागि नेफस्कून फिल्ड कार्यालय नेपालगंजका कर्मचारीले पनि ३ हजार रुपैँया राहतस्वरुप उपलब्ध गराएको कर्मचारी कोमल अधिकारीले बताए ।