६ कार्तिक २०८३, शुक्रबार

केपी ओली पनि फुटबल खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि यही जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना हुने राजनीतिक दलका शीर्ष नेता र चलचित्र कलाकारबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनुहुने भएको छ ।

अध्यक्ष ओली निवास बालकोट पुगी आज आयोजक टोलीले निमन्त्रणा दिएपछि उहाँले आफू सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भूकम्पपीडित नेपालीका लागि राहत सङ्कलन गर्ने उद्देश्यले ‘नयाँ पत्रिका’ दैनिकको आयोजनामा हुने सो खेलमा प्रधानमन्त्री सुशील कोइरालाले पनि सहभागी हुने वचन यसअघि दिइसक्नुभएको छ ।

उहाँले अरुलाई पनि खेलमा सहभागी हुन आह्वान गर्नुभएको ओलीका निजी सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

टोलीमा पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा, कलाकार किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, दीपाश्री निरौला, दिलीप रायमाझी, केदार घिमिरेलगायत हुनुहुन्थ्यो । रासस