२८ कार्तिक २०८३, शनिबार

संसदको अवरोध हटाउन सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा आज शीर्ष दलका नेताहरूसँग छलफल गर्दैछन् ।

हिजो सभामुख घिमिरेले सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ-आफ्नो अडान कायम राखेपछि सभामुखले आज मध्याह्न १२ बजे शीर्ष दलका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । संसद बैठक अघि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान कायमै राखेको छ ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, हट्ला त अवरोध ?