२८ कार्तिक २०८३, शनिबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, हट्ला त अवरोध ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । आज सोमबार संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउँसो १ः१ बजेबाट सुरु हुनेछ ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ ।

एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान कायमै राखेको छ । जसकारण आजको दुवै सदनको बैठक पनि अवरुद्ध हुने देखिएको छ ।

यता, सरकारले सुन तस्करी प्रकरणको छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन चासो दिएको छैन् । सुन तस्करी प्रकरणमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रकै नेताहरुको नाम मुछिएपछि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन आनाकानी गरिरहेको छ ।

यद्यपी, सुन तस्करी प्रकरणमा १७ जना पक्राउ परेका छन् । आरोपीहरूलाई हिजो आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा पुर्‍याइएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो ।

विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।