६ कार्तिक २०८३, शुक्रबार

जिल्ला प्रशासन कार्यालयमै विष सेवन गरेका मिटरब्याज पीडित सुनारको मृत्यु

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ साउन । जिल्ला प्रशासन कार्यालय मोरङमै विष सेवन गरेका मिटरब्याज पीडितको मृत्यु भएको छ ।

साउन ७ गते जिल्ला प्रशासन कार्यालयमा पीडित मिटरब्याज पीडित विनित सुनारले विष सेवन गरेका थिए ।

दुई पक्षबीच छलफलपछि बाहिरिने क्रममा कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय सुनारले विष सेवन गरेका थिए ।

मिटरब्याजी नितेष तिवारीविरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई तिवारीले उल्टै चेक बाउन्स मुद्दा दायर गरेका थिए । उनलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गर्न खोजेपछि उनले विष पिएका थिए ।