
काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीमा केही विधान विपरीत भएकाले संशोधन गर्न लागिएको र थप केही महिला, समावेशी, केही युवा तथा छुटेका सिनियर नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने जानकारी दिए ।
त्यस्तै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको उनले बताए ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीति अवस्थाको बिफ्रिङ गर्दै राजनीतिक प्रतिवेदन पेश गर्ने र सदस्यहरूले धारणा राख्ने उनले बताए । केन्द्रीय समिति बैठक पाँच दिन चल्नेछ ।















प्रतिक्रिया