
कैलाली, १७ साउन । प्रहरीले धनगढीबाट जुवा खेलिरहेको अवस्थामा दुईजना वडाध्यक्षसहित १० जनालाई पक्राउ गरेको छ ।
मंगलबार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका-२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउदसहितलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी-६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का, गोदावरी नगरपालिका-३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी-२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल-सिलगढी नगरपालिका-६ का अविनाश कठायत रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ ।















प्रतिक्रिया