६ कार्तिक २०८३, शुक्रबार

गोरखाका भूकम्प पीडितलाई तमु प्ये ल्हु संघको ८ लाखको राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tamu-samaj (1) गोरखा, १७ जेठ । बैशाख १२ गते गएको बिनाशकारी महाभूकम्पबाट प्रभाबित गोरखा जिल्लाको गुम्दा गाउँबासीका लागि तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संघको पहलमा देश तथा बिदेश शाखाहरुबाट संकलित राहत सामग्री गाउँमै पुगेर बितरण गरिएको छ ।

तमु प्ये ल्हु संघ फलिना क्होईवों, शक्तिघाट, रानीपौवा, पोखरा-११ ले बिभिन्न बिदेश शाखा तथा समाजहरुबाट संकलित चामल, दाल, नुन, खाने तेल, महिलाको उनी कपडा, पुरुष कपडा, कम्बल, सिरक, ड्राइ फुड , जुत्ता चप्पल, म्याट्रेस, गहुको पीठो आदि गोरखा जिल्लाको गुम्दा गाबिसको वडा नं ६, ७, ८ र ९ का भूकम्प प्रभाबितहरुलाई तमु प्ये ल्हु संघ भूकम्प राहत संकलन तथा बितरण समितिका सह-संयोजक भिमबहादुर च्हम्रु तमुद्वारा गुम्दा गाउँको २२५ घर धुरीका लागि गाउँमै पुगेर बितरण गरिएको हो ।

Tamu-samaj (2)

हङकङ बेलायत, कतार, युएई तथा तमु समाज युएई लालीगुराँस एसोसियसन हङकङमा लगायत स्याङ्जाली तमु समाज लेखनाथ, शान्ता तमु समाज गैरिखोर, क्होला दीप तमु समाज दीप, क्होला ट्हो धीं राम बजार, पौरे शाखा, सिर्सेकोट नौथुम, स्याङ्जा मनकामना तमु समाज बनक्याम्पस, ढोर फिरफिरे तमु समाज काजिपोखरी, डडुवा दुर्छा तमु समाज, स्याङ्जा तमु ट्हो समाज, लगायत रिभान कास्की निवासी लक्षिना तमु, हाल कोरियामा रहेका भीमान तमु लगायत पोखरा घर जग्गा डटकमबाट संकलित ८ लाख बराबरको राहत सामाग्री गोरखामा बितरण गरेको हो ।