
काठमाडौं, १५ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
नगरपालिकाकै क्वार्टरमा निरौलाको एक महिलासँग अनैतिक क्रियाकलाप गर्दै गरेको घटना बाहिरिएपछि मन्त्रालयले निरौलालाई पत्र पठाउँदै उपस्थित हुन निर्देशन दिएको हो ।
‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।















प्रतिक्रिया