६ कार्तिक २०८३, शुक्रबार

रास्वपाका कारण सरकारलाई भ्रष्टाचारविरूद्व लाग्ने प्रेरणा मिल्यो: रवि लामिछाने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् ।

सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारकोविरुद्ध आवाज उठाएर रास्वपा अगाडि आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका हुन् ।

उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकार र विभिन्न राजनीतिक दलहरूमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गरे ।

निर्वाचनमा जानु अगाडि रास्वपाले उठाएका मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनको भनाइ छ ।

लामिछानले आगामी निर्वाचनसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे ।

लामिछानेले पार्टी राजधानी केन्द्रीत नभई गाँउबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिए ।