२९ आश्विन २०८३, बिहिबार

कोइरालालाई चीन भ्रमणको प्रतिवेदन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २० जेठ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली कांग्रेसको केन्द्रीय टोलीले सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई भ्रमण बारे जानकारी गराएको छ ।

कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा भ्रमणमा गएको २० सदस्यीय प्रतिनिधिमण्डलले भ्रमणबाट सदियौँ पुरानो नेपाल–चीन सम्बन्ध र कम्युनिस्टसँगको सम्बन्धमा नयाँ आयाम थपिएको जानकारी कोइरालालाई गराएको छ ।

भ्रमणमा बडुले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा लिखित जानकारी गराउँदै कांग्रेसका सभापति एवम् प्रधानमन्त्री कोइरालाका तर्फबाट चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताप्रतिको शुभेच्छा र सदभाव प्रस्तुत गर्नुभएको सञ्चारकर्मीलाई जानकारी गराए ।

जेठ ६ गतेदेखि १६ गतेसम्म प्रवक्ता बडुको नेतृत्वमा सभासदहरु लक्ष्मी राई, सुधीर शिवाकोटी, तारामान गुरुङ, अब्दुल रज्जाक, चन्द्रबहादुर कुँवर, रामचन्द्र यादव, कल्पना सोव, लालबाबु सिंह, सङ्गीता मण्डललगायत चीन गएका थिए ।