६ कार्तिक २०८३, शुक्रबार

राजस्व विभागले टोखामा भेट्टायो सुन प्रशोधन गर्ने कारखाना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । राजस्व अनुसन्धान विभागलेका काठमाडौंको टोखा नगरपालिकामा तस्करी गरेर ल्याइएको सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ ।

शुक्रबार र शनिबार विभागको टोलीले काठमाडौंको टोखामा कृषि फार्मभित्र सञ्चालित सुन प्रशोधन गर्ने कारखाना पत्ता लगाएको हो।

झण्डै ७ सय किलो सुन त्यहीँ प्रशोधन भएर नेपाली बजार र भारतमा पुर्‍याइएकोसमेत पाइएको बताइएको छ । तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको हो ।

कारखानामा सुन गाल्ने मेशिन र पगाल्ने रसायन पनि भेटिएको छ । विभागले कारखाना शिल गरेको छ ।

थप अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ ।