६ कार्तिक २०८३, शुक्रबार

सुन प्रकरण: ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एक क्वीन्टल बढि सुन प्रकरणमा ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले छिरिङलाई आज पक्राउ गरेको हो । सुन प्रकरणमा उनको संलग्नता देखिएको विभागको दाबी छ ।

उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।

विभागले होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरेको छ ।