६ कार्तिक २०८३, शुक्रबार

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागि आज सूचना प्रकाशित गरिएको छ।

कोरियन भाषा परीक्षाका लागि यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।