६ कार्तिक २०८३, शुक्रबार

वीर अस्पतालको अवस्था सुधार भए देशभरका अस्पतालको अवस्था सुधार हुन्छ: मन्त्री बस्नेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुने बताएका छन् ।

वीर अस्पतालको १३४औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागिरहेको बताएका हुन् ।

उनले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रूपमा विकास गरेको दावी गरे । ओपीडि सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भीआईपी र भीभीआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्‍याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको काम आफूले मन्त्रालय आएपछि गरेको उनले बताए ।

बस्नेतले वीर अस्पतालको इतिहासलाई समेत मध्यनजर गर्दै यसलाई राम्रोसंग सञ्चालन गरेर निजी अस्पताललाई चूनौति दिनसक्नुपर्ने धारणा राखे । १५ शैयाबाट सुरू भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन भएको छ ।

कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।