
काठमाडौं, १२ साउन । काठमाडौंको चन्द्रागिरी नगरपालिका-४ चुनदेवीमा टाटासुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
चित्लाङदेखि काठमाडौं आउँदै गरेको सुमो भीरमा खसेको थियो ।
दुर्घटनामा घाइते चार जनाको उद्धार गरिएको छ । एकजनालाई गाडीसँगै तल पुगेको अवस्थामा भीरबाट उद्दार गरिएको थियो ।
गाडीमा चालकसहित ५ जना सवार थिए।















प्रतिक्रिया