
काठमाडौं, १२ साउन । अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
तामाङ् समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेकी थिइन् । उनको अभिव्यक्तिविरूद्व संसदमासमेत आवाज उठेको थियो ।
प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।
उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।
पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया