२९ आश्विन २०८३, बिहिबार

शुल्क वृद्धि गर्ने आठ विद्यालयलाई कारबाहीको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-jandai-chora-choriकाठमाडौं, २० जेठ । केन्द्रीय शुल्क अनुगमन समितिले मापदण्डविपरीत शुल्क वृद्धि गर्ने काठमाडौं उपत्यकाका आठ संस्थागत (निजी) विद्यालयलाई हदैसम्मको कारबाहीको सिफारिस गरेको छ ।

शिक्षा विभागका महानिर्देशक डा.लवदेव अवस्थीको अध्यक्षतामा आज काठमाडौंमा बसेको समितिको बैठकमा कारबाहीको सिफारिस भएको हो ।

निर्देशक टेकनारायण पाण्डे संयोजक रहेको अध्ययन तथा अनुगमन कार्यदलको सुझावका आधारमा मापदण्ड विपरित शुल्क उठाउने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने सुझाव दिएपछि कारबाही हुने भएको छ । सर्वाेच्च अदालतको आदेशलाई पनि अटेर गरी निजी विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएपछि सो अनुगमन गरिएको थियो ।

अनुगमन समितिका सदस्य एवम् अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार कारबाही गरिने विद्यालयमा राजर्षी गुरुकुल, युरोकिड इन्टरनेसनल, त्रियोग, काष्ठमण्डप, चेल्सी इन्टरनेसनल, पाठशाला, काव्य स्कुल र रोजवर्ड छन् ।

शुल्क बढाउँदा पनि मौन बस्ने सम्बन्धित विद्यालय निरीक्षक र स्रोत व्यक्ति पनि कारबाहीमा पर्ने छन् ।

समितिले विद्यालय हाताभित्र पाठ्यपुस्तक बिक्री गर्नेलाई पनि कारबाही गर्ने, निजी विद्यालयका शिक्षकलाई लाइसेन्स प्रणाली लागू गर्ने तथा निजी विद्यालयका शिक्षकलाई अबदेखि बैंकबाट तलब वितरण गर्ने निर्णय पनि गरेको छ ।