६ कार्तिक २०८३, शुक्रबार

पुनर्निर्माण अभियान अन्तर्गत छैठौंदिन एमालेले यसरी गर्‍यो काम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_KP Oli _Swyamsebak bedai (2)

काठमाडौं, १६ जेठ । नेकपा (एमाले)को राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत छैठौ दिनका कार्यहरु सम्पन्न भएका छन् ।

जेठ १० गतेबाट सुरु भएको अभियानमा हालसम्म १ हजार घरटहरा निर्माण भइसकेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
असार १० गतेसम्म चल्ने अभियानमा एमालेका १० हजार स्वयमसेवक खटिएका छन् । पुनर्निर्माण अभियान अन्र्तगत शनिवार एमालेले गरेको कार्यहरु यसप्रकार छन् ।

एमालेले जारी गरेको विज्ञप्ती जस्ताको तेस्तै:

प्रेस नोट

१. नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पार्टीद्वारा खटिएका स्वयंसेवकहरुले गरिरहेको व्यापक पुनःनिर्माण र जनसेवा कार्यको अनुगमन गर्नुभएको छ । त्यसक्रममा उहाँले पार्टीको राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत एक हजारभन्दा बढी स्थानमा निर्माण कार्य भइरहेको, दश हजार केन्द्रीकृतरुपमा स्वयंसेवक परिचालित भइरहेको तथा स्थानीय तहमा एक लाखभन्दा बढी स्वयंसेवकहरु राष्ट्रव्यापी रुपमा निर्माण कार्यमा जुटेको स्पष्ट गर्दै नेकपा(एमाले)ले जस्तो राष्ट्रव्यापी अभियान अरु कुनै पार्टीले सञ्चालन गर्न नसकेकोसमेत स्पष्ट पार्नुभयो । ‘तैपनि जसले जहाँ जति गर्नुभएको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु’ – उहाँले भन्नुभयो ।

बिहान ८ः३० देखि १२ बजेसम्म उहाँले स्वयम्भूनाथ स्तुप परिसर स्वयम्भू, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्र (टोखा–धापासी, खड्का भद्रकाली) र कार्यविनायक नगरपालिका (बुङ्मती) ललितपुरको स्थलगत अनुगमन गर्नुभयो । उहाँका साथ पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, पार्टी सचिव तथा राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक गोकर्ण विष्ट, पोलिट्ब्युरो सदस्य रघुजी पन्त, वैकल्पिक पोलिट्ब्युरो सदस्य तथा राजधानी समन्वय कमिटीका इन्चार्ज सानुकुमार श्रेष्ठ, सह–इन्चार्ज जीवनराम श्रेष्ठ, काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापा, सम्पर्क समन्वय कमिटीका सहइन्चार्ज विजय गुरुङ, ५ नं. क्षेत्रका संयोजनका लागि खटिनुभएका केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य झपट रावलसहितका नेताहरु सम्मिलित हुनुहुन्थ्यो ।

कार्यस्थलमा सक्रिय स्वयंसेवकहरुलाई अध्यक्ष ओलीले घाइते नबनी र धुलोबाट जोगिएर स्वस्थ रही जनसेवामा जुट्न सचेत गराउनुभयो । उहाँले काम गर्नेक्रममा घाइते भएपछि स्वयंसेवा गर्न नसकिने हुँदा दुस्साहसिक भएर जोखिमपूर्ण कार्यमा सरिक नहुनसमेत आह्वान गर्नुभयो ।

विश्व सम्पन्न सूचीमा रहेको स्वयम्भू क्षेत्रको अनुगमनका क्रममा त्यहाँ भूकम्पबाट भएको क्षतिबारे अध्यक्ष कमरेड ओलीलाई संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले त्यहाँको वस्तुस्थिति जानकारी गराउनुभयो ।

उक्त अवसरमा अध्यक्ष ओलीले ऐतिहासिक सम्पदाहरुको पुनः निर्माण पाँच वर्षभित्रै गरिसक्ने र ती सम्पदा देशले आफ्नै साधनस्रोतबाट गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले भन्नुभयो–बुद्धको जन्मस्थल नेपाल र देशको एउटा प्रतीकका रुपमा रहेको स्वयम्भू तथा अन्य सम्पदाहरु अझ सुन्दरढंगले पुरानै स्वरुपमा अझ बलिया बनाउनेछौं ।

२. पार्टी महासचिव तथा भूकम्पपीडित पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिका संयोजक कमरेड ईश्वर पोखरेलले आज काठमाडौं क्षेत्र नं. २ को नाङ्लेभारेमा भइरहेको पुनःनिर्माण कार्यको स्थलगत अवलोकन निरीक्षण र अनुगमन गर्नुभयो । स्वयंसेवकहरु सँगै बिहानको खाना पनि नाङ्लेभारेमै समूहमा खानुएका उहाँल लप्सीफेदीमा बैठकलाई सम्बोधन गर्नुभयो । यहाँ १० जनाका ५ वटा टोलीले दैनिक १० वटा अस्थायी भवन निर्माण गरिरहेको छ ।
उहाँ आजै सिन्धुपाल्चोक–३ को मेलम्चीमा अनुगमन गर्न पुग्नुभयो । युवा संघ नेपालका स्वयंसेवकहरुको टोलीले तीनवटा विद्यालय भवन बनाएकोमा उहाँले आज जाल्पादेवी माविको हस्तान्तरणसमेत गर्नुभयो । साथै, नेपाली सेनाको व्यारेकमा सिंगो क्षेत्रभरि भइरहेको उद्धार, राहत र पुनःनिर्माण कार्यको समग्र जानकारीसमेत लिएर काठमाडौं फर्किनुभएको छ ।
३. ललितपुरको अनुगमन गरिरहनुभएका पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेलको अगुवाईमा बुङमतीमा ठूलो संख्यामा पेसागत क्षेत्रका तीन सय र स्थानीय क्षेत्र गरी स्वयंसेवक परिचालित गरिएको छ । आज निजामती कर्मचारीहरुका उल्लेख्य सहभागिता रहेको बुङमतीमा उपमहासचिव स्वयं विगत छ दिनदेखि यस क्षेत्रमा स्वयंसेवककै रुपमा काममा खटिरहनुभएको छ । उहाँले आज बुङमतीमा स्वयंसेवकहरुमाझ भन्नुभयो– ‘यतिबेला हरेक नेपालीका निम्ति मुलुकको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री हुनुभन्दा स्वयंसेवक भएर भूकम्पको विपत्तिमा परेका जनताको घर निर्माणमा सरिक हुनु गौरवको विषय बनेको छ । हाम्रा स्वयंसेवकहरु यही गौरवपूर्ण काममा सक्रिय रहेका छन् ।’
४. स्वयंसेवक परिचालन अभियान संयोजक पार्टी सचिव गोकर्ण विष्टले थानकोट, स्वयम्भू र ललितपुरको बुङमती क्षेत्रमा भइरहेका कामको अनुगमन गर्नुभयो । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ र अभियान सचिवालयका सदस्य ठाकुर गैरेसहितको उक्त टोलीले थानकोटमा करिब तीन सयको संख्यामा परिचालित स्वयंसेवकहरुसँगै दिउँसोको खाना खानुका साथै त्यहाँ भइरहेका कामहरुको मसिनो गरी अनुगमन र अवलोकन गरेको छ ।
५. विभिन्न जिल्लामा भइरहेको पुनःनिर्माण कार्यको विवरण यसप्रकार रहेको छ ः
काठमाडौं ः काठमाडौं क्षेत्र नं. १ मा त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविको भत्केको भवनको ईट्टा पन्छाई सफाई गर्ने काम भएको छ ।
क्षेत्र नं. २ मा आज तीनवटा अस्थायी घर निर्माण गरिएको छ ।
क्षेत्र नं. ४ अन्तर्गत बूढानिलकण्ठमा अनेमसंघको टोलीले चपली भङ्गालमा शर्मिला नगरकोटीको घर बनाएको छ भने रामबहादुर तामाङको क्षतिग्रस्त भवन भत्काएर सफा गर्ने काम सम्पन्न गरेको छ ।
क्षेत्र नं. ५ टोखामा गाविस भवन भत्काइएको छ । हाँडीगाउँमा राजु डंगोलको घर भत्काइएको छ । अनेरास्ववियुका स्वयंसेवकहरुले टोखामा इन्द्रमाया र अष्ट डंगोल तथा मोहनमायाँ श्रेष्ठका तीनवटा घर बनाएको छ । धापासीमा मञ्जु पुरी र उत्तम कुँवरका घर भत्काउनुका साथै एउटा अस्थायी घर बनाइएको छ । धुम्बाराहीमा बासुदेवी, रामचन्द्र र कृष्ण सापकोटाका घर भत्काइएको छ । खड्का भद्रकालीमा शंकर, लव र कृष्ण खड्काका घर भत्काउने काम गरेको छ । तीनवटै स्थानमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले स्वयंसेवकहरुलाई कार्यस्थलमा पुगेर निर्देशन दिनुभएको छ ।
काठमाडौं क्षेत्र नं. ७ अन्तर्गत जीतपुरमा आठवटा घर भत्काइएको छ भने सातवटा घर निर्माण गरिएको छ । गोलढुंगामा तीनवटा घर भत्काउनुका साथै तीनवटै निर्माण गरिएको छ । इचंगुनारायणमा सातवटा घर भत्काउनुका साथै चारवटा निर्माण गरिएको छ । रानीवनमा बाल विद्या आश्रमको क्षतिग्रस्त भवन भत्काई सफा गरिएको छ भने तीनवटा घर भत्काई तीनवटै अस्थायी घर बनाइएको छ ।
ललितपुर ः ललितपुरको क्षेत्र नं. १ गोदामचौर र गोदावरीमा १० वटा घर निर्माण गरिएको छ भने १६ वटा क्षतिग्रस्त घरहरु भत्काइएको छ ।
क्षेत्र नं. २ को लुभुमा परिचालित स्वयंसेवकको टोलीले आज धरापका रुपमा रहेको २० वटा घर भत्काउने कार्य गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घर भत्काउने कार्यको सुरुवात गर्नुभएको थियो । टोलीले हालसम्म क्षतिग्रस्त ९० घर भत्काएको छ भने १० घर परिवारका लागि १० वटा अस्थायी घर निर्माण गरेको छ । आज दुईवटा अस्थायी घरको निर्माण कार्य सम्पन्न भएको छ ।
काठमाडौं क्षेत्र नं. ९ मा स्वयंसेवक टोली विभिन्न २० वटा ठाउँमा क्रियाशील लरहेको छ । आज तीनथाना, कलंकी, पुरानो नैकाप, सुनार गाउँ, दहचोक, स्यूचाटार, रामकोटमा क्षतिग्रस्त घरहरु भत्काइएको छ भने १० वटा अस्थायी घर निर्माण गरिएको छ ।
युवासंघ नेपालका स्वयंसेवकहरुले कामनपा–१२ मा २ वटा घर भत्काइएको छ, २ वटा अस्थायी घर बनाएको छ र तीन ठाउँमा बाटो खुलाएको छ । आज विशेषज्ञ चिकित्सकहरुसहितको स्वास्थ्य शिविर आयोजना गरिएको छ । यो टोली २२ नं. वडामा काम थाल्न प्रस्थान गरेको छ ।
भक्तपुर ः क्षेत्र नं. १ मा चाँगुनारायण नगरपालिका–११ मा रञ्जन खनालसहित आधारभूत वर्गका ८ वटा नयाँ अस्थायी घर निर्माण गरिएको छ ।
क्षेत्र नं. २ मा चर्चित डोलेश्वर मन्दिर परिसर सफा गरिएको छ भने डोलेश्वर निमाविको चार कोठा भवन तथा चारवटा अस्थायी घर निर्माण गरिएको छ । यस क्षेत्रको टोलीले पार्टीको नवौं महाधिवेशनद्वारा पारित दस्तावेजहरु अध्ययन गरी आवासीय टोलीलाई पार्टी कक्षासमेत सञ्चालन गर्न थालेको छ ।
गोरखा ः तीनवगटै निर्वाचन क्षेत्रमा स्वयंसेवकहरु व्यापकरुपमा परिचालित छन् ।
क्षेत्र नं. १ को नारेश्वर गाविसमा तीनवटा विद्यालय भवन निर्माण भएका छन् । आस्राङ गाविसमा जनजागृति प्राविको चारकोठा भवन नबनाएर समुदायलाई हस्तान्तरण भइसकेको छ भने चण्डेश्वर प्रावि भवनको निर्माण आज सम्पन्न भएको छ ।
क्षेत्र नं. २ मा गाइखुर गाविसमा एकल महिलाका पाँचवटा घर निर्माण गरिएको छ भने त्यहाँ दुईवटा क्षतिग्रस्त घर र दुईवटा विद्यालय भवन सफाई गरिएको छ । गाईखुरमै चारवटा विद्यालय भवन निर्माण गरिएको छ । केराबारी गाविसको कोजेमा तीनवटा खतरायुक्त घर भत्काइएको छ ।
क्षेत्र नं. ३ को आरुआरवाङ गाविसको कल्लेरीमा इन्द्रकन्या माविको छ कोठा भवन, अलैंचे माविको छ कोठा भवन र सिद्धदेवी उमाविको छ कोठा भवन निर्माण सम्पन्न गरिएको छ भने बालज्योति प्राविको चारकोठा र भगवती माविको ९ काठा भवन पनि निर्माण सम्पन्न गरिएको छ ।
रसुवा ः रसुवामा परिचालित स्वयंसेवकहरुको टोलीले सूर्याेदय प्रावि घडेरीडाँडाको अस्थायी भवन निार्मण गरेको छ भने कोलडाँडामा क्षतिग्रस्त विद्यालय भवन भत्काएर नयाँ निर्माण थालेको छ ।
नुवाकोट ः क्षेत्र नं. १ मा स्वयंसेवक टोलीले वेलकोट, मदनपुर, चतुरेली र थानसिङ गाविसमा १० वटा अस्थायी घर र १३ वटा विद्यालयको अस्थायी भवन निर्माण गरेको छ । आज थानसिङ गाविसस्थित महेन्द्र उच्च माविको पुनःनिर्माण भएको छ भने कालिका प्राविको अस्थायी भवन निर्माण गरिएको छ ।
क्षेत्र नं. २ मा अनेरास्ववियुको स्वयंसेवक टोलीले आज गणेशस्थान गाविसस्थित गणेश माविका लागि ५ कोठे अस्थायी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । टोलीले गणेशस्थान गाविसस्थित जाल्पादेवी प्राविको चार कोठे, नर्जामण्डप गाविसको विज्ञान उच्च माविको चार कोठा भवन र जागृती निमाविको ८ कोठा अस्थायी भवन निर्माण गरेको छ । आज गणेशस्थान गाविसस्थित गणेश माविको ५ कोठा अस्थायी भवन निर्माण गरी टोलीले हस्तान्तरण गरेको छ ।
क्षेत्र नं. ३ मा खेम लोहनीले संयोजन र सरोज दिलु विश्वकर्माले नेतृत्व गरेको युवासंघ नेपालको टोलीले बुधसिंह गाविसका १ देखि ६ वडासम्म २४ घरपरिवारका लागि २४ वटा अस्थायी घर निर्माण गरेको छ ।
धादिङ ः क्षेत्र नं. १ मा कपिलवस्तु जिल्लाबाट आएको स्वयंसेवक टोलीले सल्यानटार गाविस वडा नं. ८ आरुघाटमा ७ घर परिवारका लागि ८ वटा अस्थायी घर निर्माण गरेको छ । विद्युत अबरुद्ध भएका १२ घरमा वायरिङ गरी विद्युत सुचारु गर्ने कार्य भएको छ । नेकपा (एमाले) कपिलवस्तु अध्यक्ष झविलाल पोखे्रल र अनेमसंघका केन्द्रीय सदस्य विमला घिमिरेले संयोजन गरेको टोलीले सल्यानटारस्थित चुलादेवी माविको ७ कोठा र ग्लोबल युनाइटेड माविको भग्नावशेष हटाई ७ कोठा अस्थायी भवन निर्माण गरेको छ ।
क्षेत्र नं. ३ मा खटिएका स्वयंसेवक टोलीले आज थाक्रे गाविस वडा नं. ८ मा पदमबहादुर थापा र मोदनाथ अधिकारीका २ वटा अस्थायी घर निर्माणगरेको छ । टोलीले अहिलेसम्म ३४ घरपरिवारका लागि ३४ वटा अस्थायी घर निर्माण गरेको छ ।
सोलुखुम्बु ः संखुवासभा, कीर्तिपुर (काठमाडौं) र इलाम जिल्लाबाट खटिएका स्वयंसेवक टोली सोलुखुम्बु जिल्लाका भूकम्प प्रभावित विभिन्न स्थानमा निर्माण कार्यमा संलग्न छन् । वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको संयोजनमा रहेको स्वयंसेवक टोलीले बासा गाविसमा क्षतिग्रस्त घरहरु भत्काई सफाई गर्ने र अस्थायी घर निर्माण गर्ने कार्य गरेको छ । साथै, विद्यालयका लागि अस्थायी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । पार्टी जिल्ला सचिव डुफ बास्तोलाको नेतृत्वको टोली जिरी नजिक पर्ने चौलाखर्क गाविसमा कार्यरत रहेको छ । यी दुई गाविसपछि स्वयंसेवकहरु काकु, सोताङ र भकाञ्जेमा पुनःनिर्माणमा जुट्नेछ ।
सिन्धुली ः पोखरी, हरिहरपुर गढी, बासेश्वर, तिप्लुङ, तोसुमिरखोला, रत्नावती र झाँगाझोली गाविसमा स्वयंसेवकहरु पुनःनिर्माण कार्यमा जुटेका छन् । युवाहरुले एउटा पिपलभञ्ज्याङ मावि तथा विद्यार्थीहरुले दुम्जा, सिन्दुरे रातामाटा, थापाथुम्का र भीरगाउँमा चार गरी पाँचवटा विद्यालय बनाइसकेका छन् । हालसम्म टोलीले २० वटा अस्थायी घर बनाइसकेको छ भने ५ वटा घर भत्काएर सामान निकाल्ने काम गरेको छ ।
दोलखा ः क्षेत्र नं. १ को नाम्दु गाविसस्थित कालिका मावि मार्बुमा दुईकोठा अस्थायी टहरा निर्माण गरिएको छ भने पाँचकोठा भवनको भग्नावशेष हटाइएको छ । नाम्दुकै हनुमन्ते प्राविमा चारकोठा अस्थायी टहरा निर्माण गरिएको छ । यस क्षेत्रको टोली क्षेत्रर्पा गाविसको क्षेत्रवती उच्च माविको मर्मतका लागि त्यसतर्फ प्रस्थान गरेको छ । साथै, जुँगु गाविस र जिरी नगरपालिकाका विद्यालयहरु पनि पुनः निर्माण गर्ने जनाइएको छ ।
सिन्धुपाल्चोक ः क्षेत्र नं. १ मा परिचालित स्वयंसेवक टोलीले आज थुमपाखर गाविस र टिमुरेस्थित कोल्दोङदेवी माविको क्षतिग्रस्त भवन भत्काएको छ । टोलीले विद्यालय संचालनका लागि अस्थायी भवन निर्माण गरेको छ ।
क्षेत्र नं. २ मा स्वयंसेवक टोलीले सिपापोखरी गाविसस्थित राजेश्वर उच्च माविको भग्नावशेष हटाउने कार्य गरेको छ । त्यस्तै सिपापोखरी गाविस वडा नं. ४ मा ३ र ८ मा २ घरपरिवारका लागि अस्थायी घर निर्माण गरिएको छ ।
मकवानपुर ः क्षेत्र नं. १ को फापरवारीमा क्षतिग्रस्त घर सफाई गर्ने र अस्थायी घर बनाउने काम सुरु भएको छ । त्यहाँ चारवटा घर सफाइ गरिएको छ ।
क्षेत्र नं. २ मा फुर्केबसन्तमा रहेको बसन्त प्राविको भत्किएको संरचना पन्छाउने काम सकिएको छ । अंगारेमा हालसम्म छ वटा अस्थायी घर निर्माण भएका छन् ।
क्षेत्र नं. ३ मा पनि छ वटा अस्थायी घर निर्माण गरिएको छ । हेटौंडा १२ मा दुईवटा, १६ मा चारवटा घर बनाइएको छ । चारघरे, गुरुविर्ता र सिगे्रनीमा जोखिमयुक्त घर भत्काई सफाई गर्ने काम भइरहेको छ । अहिलेसम्म क्षेत्र नं. ३ मा १३ वटा क्षतिग्रस्त घर भत्काइएको छ ।
क्षेत्र नं. ४ मा नामटारको झिरघारीमा छ वटा घरका सम्पूर्ण भग्नावशेष हटाइएको छ । चिसापानीमा तीनवटा घरका लागि घडेरी खार्ने काम सम्पन्न भएको छ ।
सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार विभाग