काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्देशनमा परिचालन भएको स्वयम्सेवक समूहले गोकर्णेश्वर नगरपालिका–७ को सुन्ताखान माध्यमिक विद्यालयको आठकोठे अस्थायी भवन निर्माण गरेको छ ।
भूकम्पबाट विद्यालयको भवन पूर्णरुपमा क्षति भएकामा आइतबारबाट कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालय, काठमाडौँले निर्देशन दिएपछि पहिलो प्राथमिकतामा भवन निर्माण गरिएको एमाले ३ नं क्षेत्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
सभासद् रामेश्वर फुयाँलको नेतृत्वमा जेठ १० गतेदेखि खटिएको १५० जनाको स्वयम्सेवक समूहले आठकोठे अस्थायी विद्यालय भवन आज निर्माण सम्पन्न गरेको हो ।
साविकको बालुवा गाविस–२ मा रहेको पर्ती जग्गामा भवन निर्माण गरिएको क्षेत्रीय अध्यक्ष उद्धव खड्काले जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया