
– नरेश केसी
रुपन्देही, १६ जेठ । नेकपा एमाले ईलाका कमिटी क्षेत्र नं १ रुपन्देहीको सातौँ ईलाका अधिवेशन धकधईमा सम्पन्न भएको छ ।
ईलाका कमिटीका अध्यक्ष मात्रिका प्रसाद यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उप–महासचिव घनश्याम भुषालले जनताको सुख दुःखको साथी एमाले भएको हुँदा ढुक्क भएर एमालेमा लाग्न अनुरोध गरे ।
नेता भुषालले जनताको बहुदलीय जनवादको व्यवहारिक रुपमा प्रयोग भएमा मुलुकले काँचुली फेर्ने दाबी गरे । नेता भुसालले एमालेसंग मात्रै मुलुकको मुहार फेर्ने वैज्ञानिक भिजन भएकोले एमालेको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए ।
सोही समारोहमा एमाले नेता बाबुराम चौधरीले मुलुकको हित र विकासको लागि सबै जनता एक भएर एमालेको निती र सिद्धान्तलाई साथ दिनुपर्नेमा जोड दिए ।
एमाले केन्द्रीय सदस्य एकराज विकले दलित, पिछडिएका समुदाय र अल्पसंख्यक जातिको उत्थानको लागि एमालेको भूमिका सदैव अग्रगामी रहेको बताए ।
एमाले जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले क्षेत्र नं १ लाई शसक्त रुपमा एमालेको लालकिल्ला बनाउने अभियानमा पार्टी जिल्ला नेतृत्व लागिपरेको बताए ।
सो समारोहलाई सम्बोधन गर्दै एमाले नेता विरेन्द्र यादव, एजाज आलम, सिद्धिचरण भटट्राई, जागेश्वरी चौधरी, निलकण्ठ पौडेल लगायतले बोल्दै रुपन्देही क्षेत्र नं १ लाई एमालेको किल्ला बनाएर छाड्ने दाबी गरेका थिए ।
सो समारोहमा चिनबहादुर गुरुङ, शंकर पहारी, श्रीराम यादव, संजय गुप्ता, दुर्गा तिवारी, लक्ष्मी थापा, रामबृक्ष यादव लगायतका एमाले नेताहरुको आतिथ्यता रहेको थियो ।
सातौँ ईलाका अधिवेशनलाई नेपाली कांग्रेसका एकबाल खान, राप्रपाका ताहिर अलि, मजफोका जयप्रकाश यादव लगायतले शुभकामना मन्तव्य दिँदै मुलुकको नेतृत्व एमालेले लिएमा देशले संकटको सही सामना पनि गर्ने र जनताले समयमै संविधान पाउने बताएका थिए ।
ईलाका ईन्चार्ज शैलेन्द्र उपाध्यायको सञ्चालन तथा क्षेत्रीय सचिव बोधराज गौडेलको स्वागतमा सम्पन्न उक्त अधिवेशनमा भाग लिन इलाका नम्बर १ को विभिन्न गाऊ गाऊबाट जनताहरु टयाक्टर, गाडा, बस, साईकल चढेर अधिवेसन स्थल युनिक होम्स स्कुल प्रांगणमा पुगेका थिए ।
प्रचण्ड गर्मिको पर्वाह नगरी जनताहरु घनश्याम भुसालको भाषण सुन्न आएका थिए । पोखरभिण्डी, छोट्की रामनगर, सिक्टहन,पट्खौली, धकधई, बोधवार, छिपागढ, पजरकट्टिी गाविस समेटिएको सो इलाकाका जनताहरुको सो कार्यक्रममा सहभागीता रहेको थियो ।
सोही अवसरमा ३ सय भन्दा बढी अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले क्षेत्रीय प्रचार विभाग प्रमुख भिम गुरुंगले जनाएका छन् ।















प्रतिक्रिया