२८ कार्तिक २०८३, शनिबार

प्रहरी इन्चार्ज होटलमा मृत फेला

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा मृत फेला परेका हुन् ।

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनी गएराति साढे १२ बजे पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।

होटलको तल्लो तलामा पासो लगाएर झुण्डिएको र होटल सञ्चालकको छोराले देखेर खबर गरेको उनले बताइन् । प्रहरीले अनुसन्धानका लागि होटल सञ्चालकलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।