२८ कार्तिक २०८३, शनिबार

ट्वीटरको लोगो ‘एक्स’ !

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । चर्चित सामाजिक सञ्जाल ट्वीटरको लोगो परिवर्तन हुने भएको छ ।

ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गर्ने भएका हुन् ।

मस्कले ट्वीटरको निलो चरा अंकित लोगोलाई परिवर्तन गर्दै ‘एक्स’ राख्ने भएका छन् ।

मस्कले आफ्नो ट्वीट ह्याण्डलमा ‘एक्स’ अक्षर अंकित लागो समेत सार्वजनिक गरेका छन् । उनले आफूलाई यस अक्षर मन परेको समेत उल्लेख गरेका छन् । मस्कले एक्स डटकम लगइन गर्दा पनि ट्वीटर खुल्ने समेत जनाएका छन् ।

यसअघि मस्कले गत चैतमा निलो चरा अंकित लोगोलाई परिवर्तन गर्दै एक कुकुर (डगी)को कार्टुन राखेका थिए ।

तर ट्वीटर प्रयोगकर्ताहरुले चर्को विरोध गरेपछि उनले पुरानै निलो चरा अंकित लोगो राखेका थिए ।

विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक समेत रहेका मस्कले गत वर्षको अक्टोबरमा ट्वीटर खरिद गरेका थिए । ट्वीटर मालिक बनेसँगै उनी ट्वीटरको विषयमा आलोचित बन्दै आएका छन् ।

मस्कले मस्कले ट्वीटरका कर्मचारीलाई बर्खास्त गर्ने, पत्रकारहरूलाई प्रतिबन्ध लगाउने र पहिले निः शुल्क सेवाहरूको लागि शुल्क लगाउने लगाएतका कामहरु गर्न खोजेपछि उनी विवादित बन्दै आएका हुन् ।