६ कार्तिक २०८३, शुक्रबार

मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासन कार्यालयमै आत्महत्याको प्रयास

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ साउन । जिल्ला प्रशासन कार्यालय मोरङमा एकजना मिटरब्याज पीडितले आत्महत्या प्रयास गरेका छन् ।

आत्महत्या प्रयास गर्नेमा कटहरी गाउँपालिका-३ का ३२ वर्षीय विनित सोनार रहेका छन् । उनले आइतबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमै पुगेर विष सेवन गरेर आत्महत्या प्रयास गरेका हुन्।

सोनारकी पत्नी रीता सोनारले मिटरब्याजी नितेष तिवारीविरुद्ध उजुरी दिएकी थिइन् । मिटरब्याजी तिवारीले भने सोनारविरूद्व चेक बाउन्सको उजुरी दिएका थिए ।

दुवै पक्षलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा बोलाइएको थियो । तिवारीले हालेको चेक बाउन्सको मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्न खोजेपछि उनले प्रशासनमै विष सेवन गरेका हुन् ।

तिवारीले आफूले सोनारलाई १५ लाख दिएको दाबी गरेका छन् भने सोनारले ७ लाख मात्रै लिएको बताएका छन् ।

उनीहरूबीचको लेनदेनको कागजपत्र र प्रमाण नहुँदा मुद्दा जटिल बनेको हो ।