६ कार्तिक २०८३, शुक्रबार

म गृहमन्त्रीबाट हटेपछि सुनकाण्ड उब्जियो: वामदेव गौतम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ६ साउन । नेकपा एकता अभियानाका संयोजक वामदेव गौतमले सुनकाण्डमा आफू तत्कालीन गृहमन्त्री हुँदा सुनकाण्ड नभएको र आफू बाहिरिएपछि मात्रै उब्जिएको बताएका छन् ।

काठमाडौंस्थित रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै गौतमले आफू मन्त्री रहँदासम्म सुनकाण्ड नभएको र बाहिरिएपछि उब्जिएको बताएका हुन् । उनले सोही सुनकाण्डको गिरोहले आफूलाई हटाएको दाबीसमेत गरे ।

‘०५४ सालमा वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री हुँदादेखि सुनकाण्ड भयो भन्नुभयो। म मन्त्री हुँदासम्म सुनकाण्ड भएन म मन्त्रीबाट हटेपछि उब्जियो। बरु म सरकारमा हुँदा कसरी हटाउने भनेर आफ्नो पार्टीभित्रबाटै र बाहिरबाटै धेरै आवाज उठाइए। अन्तिममा त्यही शक्तिले मलाई सरकारबाट हटायो,’ गौतमले भने।

गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको पनि बताए । सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुने उनले बताए ।

गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रसंसा गरेको धारणा राखे । फरक प्रसंगमा उनले माजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए ।