६ कार्तिक २०८३, शुक्रबार

जस्तापाता बेच्न खोज्ने स्वकीय सचिवको अर्थमन्त्रीबाट बचाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahatकाठमाडौँ, १६ जेठ । अर्थमन्त्री रामशरण महतले भूकम्पपीडितको जस्तापाता बेच्न खोज्ने आफ्ना स्वकीय सचिव रमेश महतको बचाउ गरेका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री महतले भूकम्प पीडितको राहतका लागि निजी बैंकले दिएको जस्तापाता बेच्न खोजेको भेटिएपछि जस्तापाताको दुरुपयोग गरेको भनी स्वकीय सचिव रमेशलाई लगाईएको आरोप गलत भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो-‘पीडितलाई बैंकले जस्तापाता वितरण गर्‍यो, नाम हाम्रो जोडियो, हामीले बेचेको भनियो यो सरासर गलत छ ।’ कुनै पनि बैंकले राहत वितरण गरेको कुरामा स्वकीय सचिवको नाम जोडनु कुनियत भएको उहाँको भनाई छ ।

 

यो पनि पढ्नुहोस् ।
अर्थमन्त्रीको निर्देशनमा पिए रमेशले भूकम्पपीडितको जस्तापाता बेच्न लागेको खुलासा