
काठमाडौं, ६ साउन । जुम्लामा अज्ञात समूहले ६ वटा घरमा आगजनी गरेको छ ।
गएराति गुठीचौर गाउँपालिका–४ मा सातवटा घरमा आगजनी गरिएको हो । राति १० बजेदेखि १२ बजेको समयमा अज्ञात समूहले घरहरूमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
आगजनी गर्ने समूहले ढोकालमा झ्यालमा आगो लगाउँदै हिँडेका थिए । स्थानीयले थाहा पाएपछि उनीहरू भागेका थिए ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।















प्रतिक्रिया