२८ कार्तिक २०८३, शनिबार

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । कमल थापा नेतृत्वको राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

राप्रपाको जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेको हो । दिउँसो १ः३० बजे भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको माग गर्दै विरोध प्रदर्शन गर्न लागिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताएका छन् ।