
काठमाडौं, ४ साउन । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको करिब एकसय किलो सुन प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको टोलीले सुन लोड गर्न लागिएको बा २ ज २३२४ नम्बरको ट्याक्सीसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा घर भएका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा रहेका छन् ।















प्रतिक्रिया