
काठमाडौं, ३ असार । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा बरामद भएको चीनको स्वशाशित क्षेत्र हङकङबाट आएको बताइएको छ ।
राजश्व अनुसन्धान विभागको विशेष टोलीले छापा मारेर सुन बरामद गरेको हो । हङकङबाट आएको क्याथे प्यासिफिकको जहाजबाट आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
स्कुटर र मोटरसाइकलको ब्रेकसुमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन ।
बरामद सुन अहिले राजश्व अनुसन्धान विभाग हरिहरभवनमा जोख्ने लगायतको काम भैरहेको छ । सुराकीको आधारमा यो सुन समातिएको हो । सुन कारोबारीबीच कुरा नमिल्दा सुन समातिएको हुन सक्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया