६ कार्तिक २०८३, शुक्रबार

भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरले चलायो डोजर (तस्वीरहरू)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो ।

सेवा सदनमा रहेका सामानहरूलाई सुरक्षित साथ भद्रकुमारी घलेको निवासमा पुर्‍याइएको महानगरले जनाएको छ भने त्यहाँ रहेका शिक्षा सदनलाई महानगरको शिक्षा विभागले व्यवस्थापन गर्ने काठमाडौं नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

त्यस्तै सोही स्थानमा रहेका अशक्तहरूलाई मानव सेवा आश्रममा राखिने उनले बताए ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको र खाली नभएपछि बाध्य भएर भवन भत्काउनुपरेको महानगरले जनाएको छ ।