
काठमाडौं, २ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णप्रसाद राउतसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
यसअघि सोमबार पनि रिट हेर्दाहेर्दैमा नै रहेको थियो ।
सचिव राउतसहित भाटभटेनीका मालिक मीनबहादुर गुरूङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
रिटमाथिको सुनुवाई बुधबार पनि हुनेछ । यही रिटसँगै प्रहरीको भ्याकेट निवेदनमाथि पनि एकैसाथ सुनुवाई भइरहेको छ ।















प्रतिक्रिया