६ कार्तिक २०८३, शुक्रबार

ग्यास पड्किएर भक्तपुरमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoकाठमाडौं, १६ जेठ । डेरी पसलमा आज बिहान ग्यास लिक भई पड्किएर आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका– १७ नमुना बस्ती गठ्ठाघरमा चारवटा पसलमा एकैसाथ आगलागी भएको छ ।

गठ्ठाघरबाट सानोथिमि जाने सडकमै रहेको दानबहादुर जिसीको टहरामा राखिएको आठवटा पसलमध्ये आगलागीबाट चार वटा पसलमा क्षति भएको छ ।

आगलागीबाट टङ्कप्रसाद पराजुलीको डेरी पसल, दीपेन्द्र खनालको मोबाइल पसल, मीरा भण्डारीको कपडा पसल र सविना लिम्बूको फेन्सी पसलमा क्षति भएको छ ।

डेरी पसलमा करिब रु १० लाख, मोबाइल पसलमा करिब रु पाँच लाख, कपडा पसलमा करिब रु चार लाख र फेन्सी पसलमा करिब रु चार लाखको क्षति भएको प्रहरीको भनाइ छ ।

भक्तपुर र काठमाडौँबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । रासस