
काठमाडौं, २ साउन । मुख्यमन्त्री पदबाट हटेको ६ महिना बितिसक्दा पनि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सरकारी गाडीमै हालिमुहाली गरिरहेका छन् ।
मुख्यमन्त्रीबाट हटेलगत्तै सरकारी गाडी फिर्ता गर्नुपर्नेमा उनले अहिलेसम्म पनि गाडी र चालकको दुरूपयोग गरिरहेका हुन् ।
पोखरेल मंगलबारबाट सुरू भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा सरकारी गाडी र चालकसहित नै पुगेका थिए । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग. १ झ ६०१ गाडी र सरकारी चालक फिर्ता नगरेका हुन् ।

पोखरेलले दुरूपयोग गर्दै आएका चालकले सरकारी खाताबाट नै तलब बुझ्ने गरेका छन् ।
उनी मुख्यमन्त्रीबाट हटेदेखि नै उक्त सरकारी गाडी मुख्यमन्त्रीको कार्यालयले फिर्ता पहल गरेको थियो। तर उनले उक्त गाडी अझै फिर्ता गर्न अटेरी गरेका हुन्।















प्रतिक्रिया