
काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ ।
बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको हो । बैठकको पहिलो पटक प्रत्यक्ष प्रसारण भइरहेको छ ।
सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गरेका थिए ।
कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो।















प्रतिक्रिया