
काठमाडौं, २ साउन । धरानमा एक सुनचाँदी व्यवासयीले आत्मदाहको प्रयास गरेका छन् ।
धरानको भानु चोकमा धरानका ३ सुनचाँदी व्यवसायी व्यापारी यौवन खड्गीले आत्मदाहको प्रयास गरेका हुन् ।
करोडौँ ऋणमा डुबेपछि उनले सोमबार बिच सडकमै आत्मदाहको प्रयास गरेका हुन् । ब्याज दिने भन्दै सर्वसाधारणको ६ करोड ७४ लाख रकम लिएको र फिर्ता गर्न नसकेपछि उनले आत्मदाहको प्रयास गरेका हुन् ।
उनलाई प्रहरी र स्थानीयले तत्कालै उद्दार गरेका थिए ।















प्रतिक्रिया