
काठमाडौं, १ साउन । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि दशवटा एजेण्डा तय गरेको छ ।
आज बसेको शीर्ष नेताहरूको बैठकले एजेण्डा तय गरेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् ।
सभापतिको प्रस्ताव अनुसार भोलि पहिलो दिन प्रत्यक्ष प्रसारण गरिने र प्रभावकारिकता अनुसार प्रत्यक्ष प्रसारणलाई निरन्तरता दिने नदिने निर्णय हुने बताइएको छ ।
एजेण्डाहरू-
-समसामयिक
-सांगठानिक कार्ययोजनाबारे
-केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
-पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
-नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
-विभाग गठन
-राष्ट्रव्यापी अभियानको घोषणाबारे
-केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
-संसदीय दल समिक्षा (प्रमुख सचेतकले जानकारी गराउँने)
-सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समिक्षा)















प्रतिक्रिया