
काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई धम्की दिने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्।
असार २९ गते राति १:२६ बजे कालिकोटेले अर्याललाई मेसेज गरेर ज्यान मार्ने धम्की दिएका थिए । उनले सभापति लामिछानेविरुद्ध लागेका युवराज सफललाई हातपात गरेर रास्वपालाई बदनाम गर्ने भन्दै लामिछानेलाईसमेत म्यासेज पठाएका थिए ।
आफूले चुनावमा टिकट नपाएपछि रास्वपालाई बदनाम गराउने योजनामा कालिकोटे रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया