
काठमाडौं, १ साउन । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बाँकेको डुडुवा गाउँपालिका-१ बाट आइतबार पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालत रूपन्देहीले यादवविरूद्व पक्राउ पुर्जी जारी गरेको थियो ।
यादव २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।















प्रतिक्रिया