६ कार्तिक २०८३, शुक्रबार

धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ परे केशव तुलाधर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर आइतबार धरौटीमा रिहा भएका केशव तुलाधर पुन: पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशसँगै धरौटी बुझाएर रिहा भएका उनी एकै छिनमा पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्को प्रकरण बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको हो ।

ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा गरेको आरोप उनीमाथि लगाइएको छ ।