५ कार्तिक २०८३, बिहिबार

शिक्षा क्षेत्रको विकासमार्फत नै मुलुकको विकास गर्नुपर्छ: सभामुख घिमिरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रको विकासमार्फत नै मुलुकको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले यसअघि शिक्षा क्षेत्रको उचित विकास हुन नसकेका कारण मुलुकपछि परेको भन्दै शिक्षा क्षेत्रको विकासमार्फत मुलुकको विकास गर्नुपर्ने बताएका हुन् ।

शिक्षा र शैक्षिक जनशक्तिको ठिक ढंगले विकास गर्न सकेका मुलुकहरू धेरै अगाडी पुगेको उनले बताए । उनले व्यवहारिक र गुणस्तर शिक्षाको आवश्यकता अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले शिक्षा क्षेत्रमा देखिएका मुद्धाहरूलाई सम्बन्धित निकायका पुर्‍याउन महासंघले आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।

कार्यक्रममा बिभिन्न कलेजहरुलाई सम्मान गरिएको थियो ।