
काठमाडौं, ३१ असार । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमति सञ्चालनमा आएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सूचारु गरेका हुन् ।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको थियो । आजदेखि भंगाहासम्म थप १७ किलोमिटरमा रेल सेवा सञ्चालनमा आएको हो ।
अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल चल्नेछ ।















प्रतिक्रिया