
काठमाडौं, ३१ असार । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना कामदारलाई अध्यामगन विभागले फर्काएको विरोधमा मेनपावर व्यवसायीले अध्यागमन विभाग अगाडि प्रदर्शन गरेका छन् ।
सबै कागजात हुँदाहुँदै पनि अध्यागमनले कामदारलाई विमानस्थलबाटै फर्काएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
उनीहरूले अध्यागमन कार्यालयका महानिर्देशकको राजीनामासमेत मागेका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको आरोप उनीहरूको छ।















प्रतिक्रिया