५ कार्तिक २०८३, बिहिबार

इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित, महासचिवमा भुषाल नै दोहोरिए

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा २३८ मत पाउँदै भट्टराई निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी विष्णुहरि पाण्डेले १४६, कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाए।

यस्तै, उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा वर्तमान महासचिव दिपकराज भुसाल नै दोहोरिएको छन् । भुषालले २५५ मत पाउँदा उनको प्रतिद्वन्द्वी वासुदेव दाहालले १६० मत पाए ।

सचिवमा भवनाथ हुमागाई र रन्तबहादुर भट्टराई निर्वाचित भए । हुँमागाईले २६० र भट्टराईले १६८ मत पाए । यस्तै कोषध्यक्षमा आशिक कार्की विजयी भए । उनले २०८ मत पाउँदा सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।

सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएको छन् ।